top of page

शब्दमाला नेपाली भाषा बिद्यालय​

शब्दमाला नेपाली भाषा बिद्यालयको स्थापना गुठी अष्ट्रेलिया र​ गोरखा नेपाली समुदायको ​संयुक्त प्रयासमा २०१० मा गरिएको हो। हाल यो बिद्यालय स्वत्रन्त्र रुपमा अभिभावकहरु द्वारा संचालन भैरहेको छ । यो कोहि ब्यक्ति बिशेषको संस्था नभएर हामी सबै नेपालीहरुको भाषा र संस्कृतिको जगेर्ना गर्ने संस्था हो ।

न्यू साउथ वेल्स सरकारले हाम्रो भाषालाई सम्मान दिएर बिद्यालय संचालन गर्न दिएको अवसरलाई कुनै हालतमा पनि गुमाउँनु हुँदैन भनेर हामीले महशुस गरेका छौं । नेपाली समुदाय अष्ट्रेलियन बहुसांस्कृतिक  समाजको जल्दो बल्दो र द्रूत गतिले अगाडि बडिरहेको एउटा अभिन्न अंग हो भन्ने कुरा अब स्थापित भैसकेको छ​।

भाषा सिकाउने कुरा अभिभावकरुले एक्लै गर्दा अत्यन्त कठिन र जटिल हुन्छ​। यसको लागि एउटा दरो घरायसि वातावरण र समुदायको  सहयोगको मत्वपूर्ण भूमिका हुन्छ​।

 

प्राथमिकता:


सिड्नी भित्रका बिभिन्न उपनगरहरुबाट शब्दमाला खोलिदिन अनुरोधहरु प्रशस्त आइरहेका छ्न् । तर हामीले अहिले संख्या बढ़ाउने भन्दा बलियो जग बसाउने र हाम्रो पठन पाठनलाई अझ बढि गुणस्तरिय बनाउने कुरालाई प्राथमिकता दिइरहेका छौं ।

 

योजना:


हाम्रो शैक्षिक प्रणाली न्यू साउथ वेल्स सरकारको पद्धति अनुरूप गर्नु पर्ने हुँदा हाम्रा शिक्षक शिक्षिकाहरुलाई  जति सक्दो धेरै प्रशिक्षण गराई उनीहरुको शिप र ज्ञानमा उल्लेखनिय बृद्धि  गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो योजना छ​। यसका साथै बिगतमा भ​एका कमि कमजोरीहरुलाई औंल्याउँदै हाम्रा शैक्षिक, आर्थिक तथा अन्य ब्यबस्थापकिय पक्षहरुलाई सुब्यवस्थित ढङ्गबाट परिचालन गराँउदै लैजाने पनि हाम्रो योजना भित्रै पर्दछ​।

अष्ट्रेलियामा संचालन भइरहेका अन्य देशिय भाषिक बिद्यालयहरुको जस्तो लामो इतिहास हाम्रो छैन।त्यसकारण बलियो जग बसाल्ने नै हाम्रो हालको अभियान रहेको छ​।

 

सोच:

 

एउटा बलियो आधार खडा गरि बिद्यालय दोस्रो पुस्ताद्वारा नै संचालन गराउने र हेच एस सि सम्म नेपालीबिषय पठन पाठन गराउने सम्म​ बनाउने हाम्रो सोंच छ​।

 

कठिनाइ:


सरकारी बिद्यालयहरुमा कक्षा संचालन गर्दा हामीले सो बिद्यालयको नियम अनुसार चल्नुपर्ने हुन्छ र कहिलेकाहिं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ।यदि हाम्रो आफ्नै भवन  हुने हो भने हामीलाई परिस्थिति सहज हुने थियो  भन्ने कुरा हामी समय समयमा महशुस गर्दछौं।

 

चुनौती:


मातृ भाषा बोल्न लेख्न र पढ्नको साथै हाम्रा सास्कृतिक पक्षको ज्ञान हामीले हाम्रा केटाकेटीहरुलाई दिनुपर्छ भन्ने कुरामा नेपाली समुदायलाई कसरि जागरुक बनाउने भन्ने कुरा हालको हाम्रो सबैभन्दा ठूलो चुनौति रहेको छ​।

 

कृतज्ञता:


यो बिद्यालयको महत्व बुझेर बिभिन्न नेपाली समुदायले हामी प्रति दर्शाउनु भ​एको सदभाव र सहयोगको लागि हामी आभारि छौं र आगामी दिनहरुमा पनि यस्तै सदभाव र सहयोगको अपेक्षा राख्दछौं।

Welcome to Shabdamala,

शब्दमाला - नेपाली
भाषा विद्यालय 

Student animated.png
Student animated 2.png

© 2024 by Shabdamala - Nepali Language School

Contact Us

Addresses

Click here to find addresses of the branches.

bottom of page